११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


बलात्कारको आरोपमा ‘फलहारी महाराज बाबा’ पक्राउ


0
Shares

भारतको राजस्थानस्थित अल्वार आश्रमबाट ‘जगदगुरु रामानुजाचार्य स्वामी कौशलेन्द्र प्रपन्नाचारी फलहारी महाराज बाबा’ले २२ वर्षीय कानुनको छात्रालाई बलात्कार गरेको उजुरीको आधारमा शनिबार प्रहरीले पक्राउ गरेको हो ।

गत सेप्टेम्बर ११ मा ती युवतीले प्रहरीमा उजुरी दिएपछि नीजि अस्पतालको आइसियुमा भर्ना भएका ‘फलहारी महाराज बाबा’लाई पक्राउपछि प्रहरीले सरकारी अस्पताल सारिएकोे ‘बीबीसी‘ले उल्लेख गरेको छ ।

कानुनको बिद्यार्थी रहेकी ती युवतीका अनुसार बाबाकै सिफारिसमा सर्वोच्च अदालतमा इन्टर्नशिप गरेकी थिइन् । इन्टर्नशिप सकिएलगत्तै गत अगष्ट ७ का दिन बाबाको आशिर्वाद लिन राजस्थानस्थित बाबाकै दिब्य धाम आश्रम पुगेकी थिइन् । उक्त दिन रक्षाबन्धन परेकोले बाबाले उनलाई आश्रममै बस्न निर्देशन दिएका थिए । ती युवतीले आश्रममा बाबालाई १० हजार रुपैयाँ भेटिसमेत चढाएको बताएकी छन् ।

त्यहि रात ‘फलहारी महाराज बाबा’ले उनलाई वलात्कार गरेको ती युवती बताएकी छन् । उनले यस घटनावारे अरु कसैलाई नभन्नसमेत बाबाले चेतावनी दिएको बताइन् ।
बाबालाई पक्राउ गरेपछि उनका वकिलले अदालतमा ‘फलहारी महाराज बाबा’ ६० वर्षकै उमेरदेखि नपुंसक बनेको बताएका छन् ।

भारत तथा बिदेशमामा ‘फलहारी महाराज बाबा’को भक्तजनहरु उल्लेख्य रहेको भन्दै राजस्थान प्रहरीले उच्च सुरक्षा सर्तकता अपनाएको बताएको छ । भारतीय भक्तजनहरुले उनको आश्रममा करोडौँ रुपैयाँ दानको रुपमा चढाएको बताएका छन् ।

गत महिना अर्का भारतीय बाबा राम रहिमलाई बलात्कारको घटनामा २० वर्षको जेल सजायँ सुनाउँदा उनका भक्तजनहरुले भड्काएको हिंसामा परी ३८ जनाको मृत्यु हुनुका साथै करिव दुई हजार जना पक्राउ परेका थिए ।

भारतीय कानुनअनुसार ‘फलहारी महाराज बाबा’ दोषी पाइए उनले १० वर्षको जेल सजायँ भोग्नुपर्नेछ । एजेन्सी