
बङ्गलादेशमा रहेका करिब चार लाख ३० हजार रोहिङ्ग्या शरणाथीलाई मोबाइल सेवा दिएमा दूरसञ्चारकम्पनीलाई जरिवाना लगाइने सरकारले बताएको छ ।
केही समयका लागि रोहिङ्ग्या शरणार्थीले कुनै सिमकार्ड किन्न पाउने छैनन्, सञ्चारमन्त्रालयका उच्च अधिकारी इनायत हुसेनले आइतबार बताए ।
शनिबार सुरक्षाको कारण देखाउदै सरकारले तत्कालका लागि मोबाइल सेवा उनीहरूलाई नदिन निर्देशन गरेको छ ।
बङ्गलादेशले यस पहिले नै आधिकारिक परिचय विना सिम कार्ड आफ्नै नागरिकलाईसमेत नदिन निर्देशन गरिसकेको छ ।
रोहिङ्ग्या शरणार्थीको सुरक्षाका लागि मानवीय समवेदनाका आधारमा आफ्नो भूमि उनीहरूलाई प्रयोग गर्न दिएपनि राज्यको सुरक्षाका लागि मोबाइल सेवा तत्कालका लागि दिन नसकिएको हुसेनले बताए । (रासस÷एएफ्पी)
प्रतिक्रिया दिनुहोस्