१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


१३१ स्थानको मतपरिणाम सार्वजनिक, कसको कति सिट ?


0
Shares

अहिलेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ३८, संघीय समाजवादी फोरम २५, राष्ट्रिय जनता पार्टी २४ र नेकपा माओवादी केन्द्र २१ स्थानीय तहमा विजयी भएका छन् ।

त्यसैगरी नेकपा एमाले १७, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी एक स्थानीय तहमा विजयी भएका छन् ।

पछिल्लो परिणामअनुसार धनुषाको सबैला नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका विजयशंकर शाह विजयी भएका छन् ।

उपमेयरमा भने नेकपा माओवादी केन्द्रकी निलुदेवी कापर विजयी भइन । रौतहटको गरुडा नगरपालिकाको मेयरमा संघीय समाजवादी फोरमका इन्दु राय यादव विजयी भए ।

उनले ३८७६ मत ल्याएर विजयी भएका हुन् । उपमेयरमा भने नेपाली कांग्रेसकी रंगीलाकुमारी जैसवाल ४६०३ मत प्राप्त गरी विजयी भएकी छन् ।