१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


वीरगन्ज महानगरको मतगणना स्थगित, मतगणनास्थल बाहिर नाराबाजी


0
Shares

मतगणनामा बसेका प्रतिनिधिहरुबीच विवाद भएपछि गणना नै स्थगित गरिएको हो ।

वडा नम्बर १ को मतगणनाका क्रममा त्रुटि भएको भन्दै नेपाली कांग्रेसका प्रतिनिधिहरुले पुनः मतगणना गर्न माग गरेका थिए ।

तर अन्य दलका प्रतिनिधिले नमानेपछि कांग्रेसका प्रतिनिधिले मतगणना बहिस्कार गरेपछि स्थगित गरिएको हो ।

कांग्रेसका प्रतिनिधिले बहिस्कार गरेपछि अन्य दलका उम्मेदवार तथा प्रतिनिधिहरुले मतगणनास्थल बाहिर मतगणना सुचारु गर्नुपर्ने माग गर्दै नाराबाजी गएका छन् ।

वीरगन्जमा संघीय समाजवादी फोरम र नेपाली कांग्रेसका उम्मेदवारबीच चर्को प्रतिस्पर्धा छ । कहिले कांग्रेस त कहिले समाजवादी फोरमका उम्मेदवारले अग्रता लिने गरेका छन् ।

मतगणनाको पछिल्लो परिणामअनुसार वीरगन्ज महानगरको मेयरमा संघीय समाजवादी फोरमका उम्मेदवार विजयी सरावगीले अग्रता लिएका छन् ।

उनले ११ हजार ६ सय ८२ मत प्राप्त गरेका छन् । सरावगीलाई पछ्याइरहेका नेपाली कांग्रेसका मेयरका उम्मेदवार अजय द्विवेदीले ११ हजार ४ सय ७२ मत प्राप्त गरेका छन् ।

यस्तै तेस्रो स्थानमा रहेका राजपा नेपालका राजेशमान सिंहले ७ हजार ६ सय ३० मत प्राप्त गरेका छन् । उता, बाराको कलैया उपमहानगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ ।

अहिलेसम्म एमालेले ८ हजार ३ सय ७९ प्राप्त गरेको छ भने कांग्रेसले ८ हजार २ सय ६० र संघीय समाजवादी फोरमले ७ हजार १ सय ७० मत पाएका छन् ।