१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


वीरगन्जमा मतगणना पुनः सुरु, समाजवादी फोरमको अग्रता कायमै


0
Shares

मतगणनामा बसेका राजनीतिक दलका प्रतिनिधिबीच आइतबार विवाद भएपछि स्थगित भएको मतगणना आज बिहानबाट पुनः सुचालु गरिएको हो ।

वीरगन्ज महानगरपालिकामा संघीय समाजवादी फोरमले नेपाली कांग्रेसँगको मतान्तर बढाउँदै लगेको छ ।

अहिलेसम्म संघीय समाजवादी फोरमका मेयरका उम्मेदवार विजय सरावगीले १३२५९ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका मेयरका उम्मेदवार अजय द्विवेदीले १२६३१ मत प्राप्त गरेका छन् । राष्ट्रिय जनता पार्टी नेपालका मेयरका उम्मेदवार राजेशमान सिंहले ८३३६ मत प्राप्त गरेका छन् ।

उता, बाराको कलैया उपमहानगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ ।

अहिलेसम्म एमालेले ९ हजार ४ सय १९ प्राप्त गरेको छ भने कांग्रेसले ९ हजार ४६ र संघीय समाजवादी फोरमले ७ हजार ७ सय २५ मत पाएका छन् ।