३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


संसदीय अभ्यासविपरीत विधेयक पारित हुन थाले : ओली


0
Shares

संसदद्वारा पारित शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न माग गर्दै सोमबार आफ्नै निवास भक्तपुरको बालकोटमा ज्ञापनपत्र बुझाउन आएका संयुक्त विद्यार्थी संगठनका नेताहरुसँग उनले यस्तो बताएका हुन् ।

ज्ञापनपत्र बुझ्दै अध्यक्ष ओलीले बहुमत र अल्पमतको बेवास्ता गर्दै संसदमा टेबुल ठटाएकै आधारमा ऐन पारित गर्ने गलत अभ्यास हुन थालेको बताए ।

अध्यक्ष ओलीले संसद बैठकमा कोरम पुगोस् कि नपुगोस् यस विषयमा सवाल नै नगरिकन ताली पिटेर ऐन पारित गर्ने अभ्यास सुरु भएको बताए ।

संसदमा कतिपय कमजोरी भएको भन्दै अध्यक्ष ओलीले आफ्नै दलका सांसदले पनि विधेयकबारे आफूलाई गलत ‘ब्रिफिङ’ गरेको बताए ।