१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


रौतहटको गरुडा नगरपालिका प्रमुखमा फोरम नेपालका उम्मेदवारको जित


0
Shares

आइतबार राति सम्पन्न मतगणनामा यादवले तीन हजार ८७६ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका सुुनिलकुुमार यादवले तीन हजार ८०३ मत प्राप्त गरे ।

त्यसैगरी, उपप्रमुखमा कांग्रेसकी रंगिला देवीले चार हजार ६०३ मत प्राप्त गरिन् भने उनका निकटतम् प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी विन्दुु देवीले चार हजार २७६ मत प्राप्त गरिन् ।

यादवको विजयसँगै रौतहटमा फोरमबाट विजयी हुनेको संख्या चार पुुगेको छ ।

जिल्लाभरिका कुल १८ स्थानीय तहका लागि भएको निर्वाचनमा गरुडा नगरपालिकासँगै बौधीमाई, माधव नारायण, देवाही गोनाही नगरपालिकाको प्रमुखमा फोरमका उम्मेदवार विजयी भएका छन् ।

चन्द्रपुर, परोहा, गढीमाई, फतुुआ विजयपुुर, राजदेवी, बृन्दावन, राजपुुर नगरपालिका र दुुर्गाभगवती गाउँपालिकालगायत ८ स्थानमा कांग्रेस प्रमुख पदमा निर्वाचित भएको छ ।

त्यसैगरी, माओवादी केन्द्र मौलापुुर नगरपालिका, कटहरिया नगरपालिका र यमुुनामाई गाउँपालिकाको प्रमुखमा विजयी भएको छ ।

गौर नगरपालिका, गुुजरा नगरपालिकामा राजपा र इशनाथ नगरपालिकामा नेपाल लोकतान्त्रिक फोरम प्रमुखमा विजयी भएको छ ।