
जनमत संग्रहको विरोध गर्दै प्रधामन्त्री हैदर अल अबादीले देशको अखण्डता कायम राख्न आवश्यक उपाय अपनाउने चेतावनी दिएका छन् ।
पश्चिमा मुलुकहरुले जनमत संग्रहले इराकमा नयाँ द्वन्द्व निम्त्याउने र इश्लामिक अतिवादी समुह आइएसविरुद्धको लडाइबाट ध्यान अन्त मोडिने भन्दै गम्भीर चासो व्यक्त गरेका छन् ।
स्वतन्त्र राज्यका लागि लामो समयदेखि संघर्षरत कुर्दहरुले मतदान प्रक्रिया अगाडि बढाए पनि परिणाम कार्यान्वयन गर्न भने बाध्यकारी छैन । जनमत संग्रहमा स्वतन्त्रताको पक्षमा परिणाम आउने अपेक्षा गरिएको छ ।
कुर्द नेता मसुद बार्जानीले आफ्ना जनताको सुरक्षाका लागि पनि स्वतन्त्रता आवश्यक भएको बताएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्