
काठमाडौं, पुस २७ । सूचना विभागका पूर्वमहानिर्देशक लक्ष्मीविलास कोइरालाको उपन्यास ‘सिमाना खोज्दै’को शुक्रबार राजधानीमा विमोचन गरिएको छ ।
पृथ्वीनारायण शाहको जीवनीमा आधारित रहेको उपन्यासको लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीलगायतले विमोचन गरे ।
पुस्तक विमोचन गर्दै मैनालीले पुस्तकले राष्ट्रियतालाई बलियो बनाउन सहयोग पुर्याउने धारणा राखे ।
लेखक कोइरालाले उपन्यास नेपाल एकीकरणमा पृथ्वीनारायण शाहले पुर्याएको योगदानमा आधारित रहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्