१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


निजगढलाई नमुना नगरपालिका बनाउँछौं : मेयर खनाल


0
Shares

सोमबार पद तथा गोपनीयताको शपथग्रहण गर्दै मेयर खनालले निजगढ नगरपालिकामा सबै दल, नागरिक र समुदायलाई मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गरे ।

आफूले ८० वर्षमाथिका वृद्धवृद्धालाई घरघरमै वृद्धभत्ता पुर्‍याउने र महिला, दलित, पिछडिएका समुदायका पक्षमा काम गर्ने खनालले बताए ।

असोज २ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित निजगढ नगरपालिकाका प्रमुख तथा उपप्रमुखले शपथ लिएका हुन् ।

निर्वाचित प्रमुख सुरेश खनाल र उपप्रमुख लिलादेवी लामिछाने खनाल र निर्वाचित वडाध्यक्षलाई निर्वाचन अधिकृत गोविन्दराज गौलीले शपथग्रहण गराएका हुन् ।