चाडपर्वमा मूर्ती बनाउन भ्याईनभ्याई, ब्यापार चम्कियो(भिडियो) • Image Khabar Image Khabar


चाडपर्वमा मूर्ती बनाउन भ्याईनभ्याई, ब्यापार चम्कियो(भिडियो)


Imagekhabar
१० आश्विन २०७४, मंगलवार १०:१४

चाडपर्वमा मूर्ती बनाउन भ्याईनभ्याई, ब्यापार चम्कियो(भिडियो)

 

माटोबाट निर्मित अस्थायी मूर्तीहरु दसैंको घटस्थापनाको दिन र तिहारको महालक्ष्मी पुजाको दिन टोलटोलमा लगेर हिन्दू संस्कार अनुसार पुजाआजा गरिन्छ ।

पुजाआजा गरेका मूर्तीहरु दशमी र भाइटिकाको भोलिपल्ट नजिकको तलाउ वा पोखरीमा लगेर सेलाउने गरिन्छ ।

एक पटक प्रयोग गरेपछि पुनः प्रयोग नहुने हुँदा यि मुर्ती बनाउने कलाकलाकारलाई बर्षेनी भ्याईनभ्याई हुन्छ ।

चाडपर्व आउनु अगावै देखि मूर्तीकारहरु मूर्ती बनाउन ब्यस्त हुन्छन् । पुर्खौली रुपमा मूर्ती बनाउँदै आएकाले स्वदेशी पैसा बाहिर जानबाट रोक्नु आफूहरुको उद्देश्य भएको रामदेव कलाकेन्द्रका संचालक ढुलमुल यादव बताउँछन् ।

अन्य समय मर्चवारमै बस्दै आएका कला केन्द्रका संचालकहरु चाडपर्व नजिकिंदै जाँदा भैरहवाको गल्लामण्डीमा अस्थायी क्याम्प बनाई मूर्तीहरु बनाउँछन् ।

यहाँ अहिले मूर्ती खरिद गर्न ग्राहकहरुको भीड लाग्ने गरेको छ । जिल्लाको अन्य ठाउँहरु बनगाई, बेथरी, मर्चवार लगायत स्थानमा मूर्ति बनाउनेहरु भए पनि बजारमा भएकाले गल्लडामण्डीस्थित यादव कलाकेन्द्रको अस्थायी क्याम्पमा बढी भीड लाग्छ ।

कम्तिमा १० हजार देखी ५० हजारसम्मका मूर्तीहरु विक्री हुने गरेको संचालक लल्लु हरिजनले बताए ।

यसरी स्वदेशमै मूर्तीहरु बनाइए पनि अझै पनि सीमा क्षेत्रहरुमा विना भन्सार भारतबाट मूर्तीहरु आउने गरेका छन् ।

सबैले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने मूर्तीकार लल्लू हरिजन बताउँछन् ।

स्थानीयले भने भारतबाट मूर्ती ल्याउँदा भाँचिने र फुट्ने डर भएकाले स्वदेशी उत्पादनलाई सबैले प्रोत्साहन गर्नु पर्ने धारणा राख्छन् ।

एउटा सामान्य मूर्ती बनाउन करिब दुई दिन लाग्छ । न्यूनतम मुनाफा राखेर मूर्तीहरु विक्री गरेकाले भारतमा जानु पर्ने जरुरी नरहेको मूर्तीकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्