Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


करेन्ट लागेर एकजनाको मृत्यु, पाँच घाइते


0
Shares

पुरानो ट्रान्सफर्मर परिवर्तन गरी नयाँ ट्रान्सफर्मर राख्नेक्रममा विद्युत् सर्ट हुँदा गम्भीर घाइते भएका गौरीशंकर गाउँँपालिका–१ झगडेका करिब ४५ वर्षीया हुपबहादुर खत्रीलाई थप उपचारका लागि चरिकोट ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चरिकोटका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

घाइते हुनेहरुमा गौरीशंकर गाउँपालिका–१ झगडेका ३० वर्षीय ईन्द्रबहादुर जिरेल, २७ वर्षीय गणेशबहादुर जिरेल, २३ वर्षीया कृति जिरेल, २१ वर्षीय बोल खत्री र वीरबहादुर खत्री रहेका दोलखाका प्रहरी प्रमुख कार्कीले जनाएका छन् ।

घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान गरिब साढे ९ बजे गौरीशंकर गाउँपालिका वडा नम्बर–१ जुँगु, घट्टेस्थित बिग्रिएको ट्रान्सफर्मर परिवर्तन गरी नयाँ ट्रान्सफर्मर राख्न बिजुलीको खम्बामाथि चढाउन लाग्दा खम्बाबाट भुइँमा करेन्ट सर्ट भइ दुर्घटना भएको स्थानीयहरुले जनाएका छन् ।