
उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंक बढीले सकारात्मक रहेर १५ सय ४९ पुगेर थामियो । कारोबार भएकामध्ये आधाभन्दा बढी समूह हरियो रहेसँगै नेप्से पनि धनात्मकमा थामिन पुगेको हो ।
विकास बैंक, वाणिज्य बैंक, बिमा, अन्य र वित्त समूह हरियो रहे भने अरु रातो रहे । विकास बैंक समूहमा दोहोरो अंकको सुधार आएपनि अरु समूह सामान्य अंकले हरियोमात्र रहेका हुन् ।
होटल, व्यापार, उत्पादनमूलक समूह दोहोरो अंकले झरे भने जलविद्युत् समूह सामान्य अंकले रातो रह्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १५३ कम्पनीका ७ लाख ५६ हजार कित्ता सेयर ३२ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्