साफ यू-१८ फुटबलमा आज नेपालले भारतसँग खेल्ने • Image Khabar Image Khabar


साफ यू-१८ फुटबलमा आज नेपालले भारतसँग खेल्ने


Imagekhabar
११ आश्विन २०७४, बुधबार ०८:०९

साफ यू-१८ फुटबलमा आज नेपालले भारतसँग खेल्ने

यसअघिका दुई खेलमा जित र एक खेलमा हार बेहोरेको नेपालले फाइनल पुग्न आजको खेल जित्नैपर्ने दबाब छ ।

भुटानसँग पराजित हुँदा बंगलादेश र माल्दिभ्सलाई हराएको नेपाल ६ अंकसहित तेस्रो स्थानमा छ ।

समान ६ अंकबाट भारत शीर्ष स्थानमा, बंगलादेश दोस्रो स्थानमा र भुटान चौथो स्थानमा छन् ।

पाँच टिम सहभागी प्रतियोगितामा सबैले एक अर्काविरुद्ध खेलिसकेपछि अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टिमबीच फाइनल खेल हुनेछ ।

शीर्ष दुईमा रहन नेपालले भारतलाई जित्नैपर्नेछ । आज साँझ पौने ७ बजे सुरु हुने खेलको विजेताले उपाधिका लागि फाइनल खेल्नेछ ।

त्यस्तै अर्को खेलमा बंगलादेश र भुटान भिड्ने छन् । यो खेलको विजेता पनि फाइनलमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्