
पर्यटनसँग सम्बन्धीत विभिन्न संघसंस्थाले पोखरा विमानस्थलमा पहिलो पटक आएका पयर्टकलाई स्वागत गरेका छन् ।
यती एयरलाइन्स काठमाडौंबाट पोखरा पुगेका विदेशी र आन्तरिक पर्यटकलाई पञ्चे बाजा, फूलमालासहित स्वागत गर्दा पर्यटकहरु समेत नेपालीहरुसँग रमाइ–रमाई नाचेका थिए ।
त्यस्तै गरी काठमाडौंबाट पोखरा आएका पर्यटन बसबाट पहिला आउनेलाई समेत सम्मान गरेको छ । यता रेवान पोखराले पनि लेकसाइडमा एक दिने सडक महोत्सव आयोजना गरेको छ ।
पोखराको फिस्टेल गेटदेखि बाराहीघाटसम्मको एक किलोमिटरको बाटो बन्द गरेर रेष्टुराँहरु राखिएका छन् ।
व्यवसायीहरुले सडकमै विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेर पर्यटकलाई मनोरञ्जन दिएका छन् ।
पोखरा पर्यटन परिषद्को संयोजन पोखरामा विभिन्न कार्यक्रम गरी पर्यटन क्षेत्रलाई चलाएमान गराएको परिषद्का कार्यवाहक अध्यक्ष भरत पराजुलीले बताए ।
नेपाल आउने पर्यटकमध्ये ४० देखि ६० प्रतिशत पर्यटक पोखरा र अन्नपूर्ण पदयात्राका लागि आउने गरेका छन् भने पर्यटनको मौसम सुरु भएसम्मै पोखराका होटलहरु भरिभराउ हुन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्