३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


नेपाल एकीकरणको इतिहास बोकेको गोरखा दरबार जीर्ण अवस्थामा (भिडियो)


0
Shares

रेनु श्रेष्ठ

गोरखा, पुस २७ । पृथ्वीजयन्ती विभिन्न कार्यक्रम गरी मनाइरहँदा एकीकरणको इतिहास बोकेको ऐतिहासिक गोरखा दरबार भने जीर्ण अवस्थामा छ ।

भूकम्प गएको ३ वर्ष बितिसक्दा पनि यो दरबारको पुनर्निर्माणले गति नलिँदा पृथ्वीनारायणको सच्चा सम्मान नभएको आभाष हुन्छ । 

भूकम्पले भत्किएपछि ढिलागरी पुनर्निर्माण शुरु भएको गोरखा दरबार अहिले भग्नावशेष अवस्थामा छ । पुस २७ पृथ्वीजयन्ती तर गोरखा दरबार वरपरको दृष्यले पृथ्वीनारायणप्रति सम्मान गर्न यस्ता ऐतिहासिक सम्पदाको संरक्षण गर्नुपर्ने भान गराउँदछ ।

कार्यालयमा पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरेर पृथ्वीजयन्ती मनाएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेल बताउँछन् ।

गोरखा दरबार तत्कालिन राजा रामशाहले बनाएको मानिन्छ । भूकम्प गएको ३ वर्ष बढी भइसक्दा पनि ऐतिहासिक एवं पुरातात्विक महत्वको गोरखा दरबार हेर्न आउनेहरु भग्नावशेष अवस्था हेरेरै फर्कन बाध्य भएको स्थानीय सुस्मिता कुँवरको भनाइ छ ।

पृथ्वीजयन्ती मनाउने सन्दर्भमा मत मतान्तर रहे पनि बाइसी चौबिसी राज्य एकीकरण अगुवा पृथ्वीनारायण शाहको स्मरण र गोरखा दरबारको संरक्षण जरुरी छ । 

भिडियो हेर्नुहोस्