१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


विराटनगरमा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण


0
Shares

जनप्रतिनिधिहरुले दसैंको मुखमा घरमै आएर सामाजिक सुरक्षा भत्ता प्रदान गरेपछि यहाँका जेष्ठ नागरिकलाई भत्ता पाउन सहज भएको छ ।

वाणिज्य बैंकमार्फत् वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता विराटनगर महानगरपालिकाले वडा कार्यालयमार्फत् वितरण गरेको हो ।

त्यसमा पनि ९० वर्षमाथिका र भत्ता लिँदै आएका अशक्तहरुलाई जनप्रतिनिधिमार्फत् घर–घरमै भत्ता पुर्‍याउने व्यवस्था मिलाइएको छ ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र उपप्रमुख इन्दिरा कार्कीले नगरका ९० वर्षभन्दामाथिका जेष्ठ नागरिकलाई घरमै गएर भत्ता प्रदान गरेका छन् ।

महानगरपालिका कार्यालयले ९० वर्षभन्दामाथिका जेष्ठ नागरिकलाई राज्यले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्तामा थप एक हजार रुपैयाँ थपेर दिएको छ ।

महानगरपालिकाका ९० वर्षभन्दामाथिका ८३ जना जेष्ठ नागरिकले थप मासिक एक हजार भत्ता पाएका छन् ।