
निर्वाचन आचारसंहिताको विषयमा उठेका प्रश्नकाबारेमा सन्चारकर्मीसँग कुराकानी गर्दै निर्वाचन आयुक्त सुधीरकुमार शाहले निर्वाचन आचारसंहिताको पूर्णपालना गर्न÷गराउन सरकार र राजनीतिक दलको पुनः ध्यानाकर्षण गराए ।
निर्वाचन आयोगले प्राधिकरणका महानिर्देशकलाई फिर्ता बोलाइएको विषयमा मन्त्रालयसँग २४ घन्टे स्पष्टीकरण सोधेको थियो ।
उनले भने–‘उच्चतहको कर्मचारीको काज खटाउँदा, फिर्ता बोलाउँदा वा सरुवा गर्दा आयोगसँग सहमतिसम्म माग नगर्ने अभ्यास गम्भीर विषय हो ।’
राजनीतिक दलले आफ्नो पार्टी कार्यालयमा चियापान र शुभकामना आदान–प्रदान कार्यक्रम गर्नसक्ने उनले जानकारी दिए ।
स्थानीय तहको निर्वाचन ज्यादै शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै आयुक्त शाहले निर्वाचनमा कुनैपनि हिंसात्मक घटना नभएको उल्लेख गरे ।
स्थानीय तहको निर्वाचनका सन्दर्भमा आयोगले ३७ ओटा आचारसंहिता उल्लंघनका विषयमा स्पष्टीकरण सोधेकामा अब ६ ओटाकोमात्र जवाफ आउन बाँकी रहेको जानकारी सो अवसरमा दिइयो ।
हालसम्म विभिन्न एक हजार ८५५ विषयमा सहमति माग भइ आएकामा एक हजार १८५ लाई सहमति प्रदान गरिएको आयोगले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्