२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बस दुर्घटनामा चारजना गम्भीर घाइते


0
Shares

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर भएकोले उपचारका लागि सुर्खेत लगिएको दैलेख प्रहरीले जानकारी दिएको छ ।

कोहलपुरबाट पूजापाठका लागि घरपरिवारका आफन्त चढेको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा चढेका सबैजसो सामान्य घाइते भएका भए पनि उदय शाही, अंगत शाही, तारा शाही र बस चालक उपेन्द्र शाही गम्भीर घाइते भएको दैलेख प्रहरी प्रमुख सरोज पौडेलले जानकारी दिए ।

गुराँस गाउँपालिकाको वडा नं ४ तालपोखरी ओरालोमा एक्कासी गाडीमाथिको नियन्त्रण गुमेपछि बस दुर्घटना भएको थियो । बसमा २२ जना सवार थिए । (रासस)