
प्रधानमन्त्री शेरबहादुर देउवाको ओमनको औपचारिक भ्रमणकाक्रममा मस्टकस्थित ग्रान्ड ह्यात होटलमा यहाँस्थित नेपाली दूतावासले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने–‘यो सम्झौताले दुवै मुलुकबीच सहयोग र सम्भावनाका क्षेत्र पहिचान गर्न राम्रो सुरुआत भएको छ ।’
सम्मेलनमा परराष्ट्रसचिव शंकरदास वैरागीले सम्झौतापछि नेपालको लगानीको सम्भावनाका क्षेत्रमा ओमनको लगानी भित्र्याउन सहज हुने बताउँदै ओमनमा कार्यरत् नेपाली कामदारका समस्या समाधानमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
नेपालका लागि ओमनका राजदूत शर्मिला पराजुली ढकालले सम्झौताले दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउँदै आपसी हितका लागि दुवै मुलुक मिलेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरिन् ।
दुवै मुलुकका परराष्ट्रमन्त्री तथा अन्य उच्च अधिकारीको उपस्थितिमा नेपालका लागि ओमनका राजदूत शर्मिला पराजुली ढकाल र ओमनको परराष्ट्र मन्त्रालयका पश्चिम एसिया प्रमुख सेख हिलाह मर्हुन अल मम्मरीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाको ओमन भ्रमण तथा दुवै मुलुकबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ४०औं वर्ष पुगेकोे अवसरमा सो सम्झौता भएको हो ।
प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमन्डल संयुक्त राष्ट्रसंघको ७२औं महासभामा भाग लिइ स्वदेश फर्कनेक्रममा संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी हुँदै यहाँ आइपुगेकोे हो ।
प्रधानमन्त्री देउवाको तीनदिने ओमनको कार्यक्रमलाई ओमन सरकारले औपचारिकता दिएको थियो ।
प्रधानमन्त्री देउवाको तीनदिने भ्रमणको अन्तिम दिन बुधबार यहाँस्थित नेपाली दूतावासले विशेष रात्रिभोजको आयोजना गरेको थियो ।
भोजमा प्रधानमन्त्री देउवा, नेपाली प्रतिनिधिमन्डलका सदस्य, ओमन सरकारका उच्च अधिकारी, यहाँस्थित विदेशी नियोगका उच्च अधिकारीलगायत सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्