२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


डिपफ्रिजमा राखिएको मासु ‘स्वस्थकर’, यस्तो छ चिकित्सकको सुझाव (भिडियो)


0
Shares

वर्ष दिनमा आउने महान् पर्व, त्यसमाथि परिवारका सबै सदस्य भेला हुने हुँदा खानेकुरामा पनि कञ्जुस्याइँ हुँदैन । तर, त्यही खानाको मात्रा मिलेन भने शरीरले सास्ती नपाउला भन्न पनि सकिँदैन ।

दसैं भन्नेबित्तिकै सामान्यतः खानपिन गर्ने र रमाइलो गर्ने पर्वकोरुपमा बुझिन्छ ।

टाढा–टाढाबाट आएका आफन्त भेटघाट हुने, रमाइलो गर्ने, मीठो–मसिनो खाएर दसैं मनाउने गरिन्छ । तर, दसैंमा रमाइलो गर्ने नाममा खाएका खानेकुराले स्वास्थ्यलाई पर्ने असरबारे धेरैले चासो राखेको पाइँदैन ।

खानपिनमा ध्यान नदिँदा दीर्घकालीन असर पर्ने खतरा हुन्छ । सफा र स्वच्छ खानेकुरा नखाएका कारण दसैंका बेला बर्सेनि धेरै मानिस बिरामीसमेत पर्ने गरेको चिकित्सकहरुले बताएका छन् ।

दसैं मनाउने नाममा मात्रा नमिलाई खाँदा स्वास्थ्यलाई हानि पु¥याउने भन्दै सफा र स्वच्छ खाना खान चिकित्सकहरु सुझाव दिन्छन् ।

दसैंमा मासुजन्य पदार्थको बढी प्रयोग हुन्छ । पौष्टिक तत्वका हिसाबले माछा–मासु राम्रो स्रोत भएपनि यसमा कोलेस्ट्रोल, चिल्लो पदार्थ, प्रोटिन पनि प्रशस्त हुने भएकाले सन्तुलितरुपमा उपभोग गर्न नसक्दा समस्या थप्छ ।

युरिक एसिड भएका व्यक्तिले रातो मासु र मादकपदार्थ तथा बढी प्रोटिनयुक्त खाना सकभर खान नहुने चिकित्सकहरुले सुझाव दिएका छन् ।

सामान्य मानिसले पनि रातो मासु बढी खाएमा युरिक एसिडको जोखिम बढाउने चिकित्सकहरुको भनाइ छ ।

दसैंमा मासुजन्य पदार्थसँगै हरियो सागपात, गेडागुडी पनि मात्रा मिलाएर खान चिकित्सकहरु सुझाउँछन् ।

अधिकांश नेपालीले ताजा मासु खाने गरेका छन् । तर, डिपफ्रिजमा राखिएको मासुलाई स्वस्थकर मासु मानिन्छ ।

मासु काट्नेबित्तिकैभन्दा डिपफ्रिजमा राखिएको मासुमा किटाणु नहुने भएकाले स्वास्थ्यका लागि राम्रो हुने चिकित्सकहरु बताउँछन् ।

भिडियो हेर्नुहोस्