Logo ३० भाद्र २०८३, मंगलबार | Wed Sep 16 2026


राष्ट्रपतिद्वारा ४५६ कैदीको भुक्तान हुन बाँकी सजाय माफी


0
Shares

मन्त्रिपरिषद्को सिफारिसका आधारमा उनले उनीहरुको भुक्तान हुन बाँकी कैदको सजाय माफी दिएकी हुन् ।

राष्ट्रपति भण्डारीले कारागार नियमावली, २०२० को नियम २९ को उपनियम (१) र (२ क), कारागार व्यवस्थापन कार्यविधि, २०७३ एवं सजाय माफी, मुल्तवी, परिवर्तन वा कम गर्नेसम्बन्धी कार्यविधि, २०७१ बमोजिम असल चालचलन भइ कैदको सजाय छोट्याउन योग्य देखिएका उनीहरूको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस