
आफूलाई ‘स्वतन्त्र राजनीतिक समूह’ भन्दै उनीहरु एमालेको सूर्य चिह्नबाट आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रतिष्पर्धा गर्ने निर्णय गरेका छन् ।
सूर्य चिह्नबाट चुनाव लड्ने भएपनि एमाले भने प्रवेश गरि नसकेको दावी गरिएको छ ।
एमालेले निकालेको प्रेस विज्ञप्तिमा पार्टी महासचिव ईश्वर पोखरेल र उक्त समूहका नेताहरुबीच यस्तो लिखित सहमति भएको उल्लेख गरिएको छ ।
सहमति पत्रमा एमालेका तर्फबाट महासचिव पोखरेल र समूहका तर्फका त्रिपाठी, बृजेशकुमार गुप्ता, पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदीश शुक्लाले हस्ताक्षर गर्नुभएको छ ।
पूर्वसांसद तथा पूर्वमन्त्री त्रिपाठीको निर्वाचन क्षेत्र नवलपरासी, गुप्ता र ईश्वरदयालको कपिलवस्तु तथा पशुपतिदयाल र शुक्लाको बाँकेमा पर्दछ ।
६ वटा मधेशकेन्द्रित दल मिलेर राजपा गठन भएपछि तत्कालीन तमलोपाका सह–अध्यक्ष त्रिपाठी असन्तुष्ट रहँदै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्