२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


‘अज्ञात रोग’बाट दुईजनाको मृत्यु, सात सिकिस्त बिरामी


0
Shares

मृत्यु हुनेमा टेक्रास्थित मुसहर बस्तीका २४ वर्षीया बसन्ती ऋषिदेव र २३ वर्षीय नारायण ऋषिदेव छन् ।

कन्काई नगरपालिकाका मेयर राजेन्द्र पोखरेलकाअनुसार मृतक दुवैलाई टाउको दुख्ने, ज्वरो आउने, हातखुट्टा लुलिने र रगतसहितको बान्ता भएको थियो ।

चार दिनमा दुईजनाको मृत्यु भएको तथा अरु गाउँले बिरामी हुँदा मुसहर बस्ती त्रसित बनेको छ ।

बिरामीहरुको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

रोग लाग्नासाथ उपचार नपाएकाले बिरामी सबैको अवस्था गम्भीर बनेको मेयर पोखरेलले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालयका महामारी रोगका ‘फोकल पर्सन’ कुलबहादुर पौडेलले रोग फैलिएकोबारे जानकारी लिने काम भइरहेको बताए ।