३० असार २०८२, सोमबार | Tue Jul 15 2025


एमाले–माओवादी तालमेलः यस्तो छ साना बामपन्थी दलको प्रतिक्रिया (भिडियोसहित)


0
Shares

तर, समग्रमा सबै कम्युनिष्ट पार्टीबीचमा एकताको सम्भावना भने तत्काल नरहेको उनीहरुको भनाइ छ ।

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीचको चुनावी तालमेल तथा पार्टी एकीकरणको यो आकस्मिक घोषणाले धेरैलाई आश्चर्यचकित तुल्याएको छ ।

यद्यपि, साना बामपन्थी दलहरुले भने यो घटनालाई कुनै आश्चर्यको विषय नभइ सामान्य प्रक्रिया भएको प्रतिक्रिया दिएका छन् ।

लामो समयदेखि कम्युनिष्ट राजनीति गर्दै आएका साना बामपन्थी दलका नेताहरुले बुधबार राजधानीमा एक साक्षात्कारमा बोल्दै त्यस प्रक्रियामा आफूहरुलाई खासै वास्ता नदिएको गुनासो गरेका छन् ।

भन्छन्—‘उनीहरुले खासै चासो दिएनन्, हामी पनि खोज्दै गएनौं ।’

एमाले बन्नुअघिको नेकपा मालेको महासचिवसमेत रहिसकेका हालको नेकपा मालेका महासचिव सीपी मैनाली अब चुनावअघि पार्टी एकताकोबारेमा छलफल गर्न आफूहरुसँग समयसमेत नभएको बताउँछन् ।

महासचिव मैनालीले कम्युनिष्टहरु जुट्न र फुट्न समय नलाग्ने भन्दै यो जुट पनि त्यस्तै नहोस् भन्ने आफूलाई लागेको तर त्यस्तै देखिएको बताए ।

अर्का पुराना कम्युनिष्ट नेता राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि एमाले र माओवादीले भनेजसरी आफूहरुबीच एकता सम्भव नभएको बताए । तर, चुनावी एकता भने हुनसक्ने उनको भनाइ छ ।

एमाले र माओवादी केन्द्रबीचको चुनावी तालमेल खासै आश्चर्यको विषय नभएको भनाइ अध्यक्ष केसीको छ ।

क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले भने एमाले र माओवादी दक्षिणपन्थी दल भएकाले उनीहरुसँग आफ्नो पार्टीको एकता सम्भव नहुने बताए ।

माओवादी केन्द्रका नेता दिननाथ शर्माले भने आवश्यकताको आधारमा तामेलको निर्णय भएको दाबी गरे । यद्यपि, नयाँ समीकरण बने पनि तत्काल सरकार परिवर्तन भने नहुने उनको दाबी छ ।

२००६ सालमा पुष्पलालले स्थापना गरेको कम्युनिष्ट पार्टीको झन्डै सात दशक लामो इतिहासमा धेरैपटक कम्युनिष्ट पार्टीहरुबीच एकता र विभाजनका शृंखला चलेका छन् ।

जुट्नभन्दा बढी फुट्नमा रमाउने कम्युनिष्ट पार्टीमा एकताको यो अभियानले सार्थकता पाए यो नै अहिलेसम्मको सबैभन्दा ठूलो एकता अभ्यास हुनेछ ।

भिडियो हेर्नुहोस्