१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


एमाले–माओवादी सहमतिः विश्लेषक के भन्छन् ? (भिडियो)


0
Shares

दुई ठूला बाम पार्टीको तालमेलप्रति राजनीति वृत्तमा विभिन्न टीका–टिप्पणी पनि हुन थालेका छन् ।

मंगलबार एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालका शीर्ष नेताहरुले चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमतिपत्रमा हस्ताक्षर गर्दै एउटै कम्युनिष्ट पार्टी बनाउने उद्घोष गरे ।

तर, विगतमा कम्युनिष्ट पार्टीका नेताहरुका व्यवहारले स्वयं तिनै पार्टीका कार्यकर्ताहरु भने एउटै कम्युनिष्ट पार्टी बन्नेमा विश्वस्त छैनन् । एउटै पार्टीभित्र पनि गुट–उपगुटले ग्रस्त छन्, कम्युनिष्ट पार्टीहरु ।

व्यक्तिगत र पार्टीगत स्वार्थले प्रायः सबै नेता ग्रसित छन् । त्यसो त दुई बामबीच एककीरणको सहमति स्वाभाविक नभएको टिप्पणी गर्नेहरु पनि प्रशस्तै छन् ।

राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसी एमाले र माओवादी केन्द्रबीचको सहमति कुनैपनि कोणबाट स्वाभाविक मान्न नसकिने जिकिर गर्छन् ।

विश्लेषक डा. सुरेन्द्र केसीले एमाले र माओवादी केन्द्रबीच सहमति हुनुमा उत्तरी छिमेकीमुलुक चीनको प्रत्यक्ष प्रभाव रहेको दाबी गरे ।

तर, अर्का संविधानविद् एवं राजनीतिक विश्लेषक निलाम्बर आचार्यले दुई बामबीच एकता हुनु स्वाभाविक र सकारात्मक भएको बताए ।

सिद्धान्त र विचार समान भएकाले एमाले र माओवादी केन्द्रबीचको एकतामा बाह्यशक्तिको संलग्नता रहेको भनेर आशंका गर्नु गलत हुने आचार्यको भनाइ छ ।

दुई ठूला बाम दलबीचको सहमतिसँगै मुलुकको राजनीतिले नयाँ मोड लिनसक्ने भएकाले सोही ढंगले सोच्नुपर्ने अवस्था आएको विश्लेषण पनि गरिँदैछ ।

तर, डा. केसीले व्यक्तिगत र पार्टीगत स्वार्थका लागि गरिएको एकीकरण सहमतिले आगामी दिनमा मुलुकको राजनीति जटिले हुने आशंका गरे ।

भिडियो हेर्नुहोस्