१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


नवलपुर जिल्लाबाटै चुनाव लड्ने शशांक कोइरालाको घोषणा


0
Shares

नेपाल प्रेस युनियन नवलपरासीले बुधबार कवासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चुनावको समयमा विचार मिल्ने शक्तिबीच एकता हुनु स्वाभाविक भएको टिप्पणी गरे ।

महामन्त्री डा. कोइरालाले अब कांग्रेसले पार्टीभित्रको सांगठनिक र वैचारिक एकतालाई मजबुत् बनाएर आगामी निर्वाचनमा लोकतन्त्रवादी शक्तिसँग सहकार्य गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।

उनले आगामी चुनावमा योजनाबद्ध र जनताको आकाक्षाअनुरुपका कार्यक्रम समावेश गरेर समृद्ध नेपालको स्पस्ट योजनासहित चुनावमा होमिन पार्टीका सबै कार्यकर्तालाई निर्देशन दिए ।

अबको पहिलो मन्त्रिपरिषदको बैठकमा त्रिवेणी सुस्तापूर्वको भागलाई नवलपुर जिल्ला र सदरमुकाम कावासोती राख्ने विषयमा कुरा उठाउन पहल गर्ने बताउँदै उनले आफू नवलपुर जिल्लाबाटै चुनाव लड्ने घोषणा गरे ।

महामन्त्री डा. कोइरालाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको सफल कार्यान्वयनका लागि आगामी निर्वाचन महत्वपूर्ण भएको उल्लेख गरे ।

संविधानको सफल कार्यान्वयन र मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि आगामी निर्वाचनमा कांग्रेसलाई स्पस्ट बहुमतका साथ विजय गराउन उनले सबैमा आग्रह गरे । रासस