
बदलिंदो परिस्थितिमा समयले ल्याएको चुनौति कसरी चिर्ने भन्नेमा बैठक केन्द्रित रहेको बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको वार्तामा गठबन्धन निर्माणका लागि बनाइएको कार्यदलका नेताहरुबीच आगामी निर्वाचनमा गठबन्धन दलहरुको साझेदारी र हिस्सेदारी कसरी कायम गराउने भन्ने विषय केन्द्रित रहेको छ ।
नेकपा एमालेको नेतृत्वमा माओवादी केन्द्र र नयाँशक्ति सम्मिलित कम्युनिष्ट केन्द्र निर्माणको प्रयास थालिएपछि लोकतान्त्रि कित्ताका दलहरु पनि गोलवद्ध भएका हुन् ।
नेपाली कांग्रेसको नेतृत्वमा दुबै राप्रपा, संघीय र लोकतान्त्रिक फोरम र राजपा मिलेर लोकतान्त्रिक गठबन्धन बनेको हो । गठबन्धनले सात सदस्यीय कार्यदल पनि बनाएको छ ।
जसले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि दलहरुलाई सीट विभाजन गर्नेदेखि घोषणा पत्र बनाउनेसम्मको कार्य गर्नेछ ।
यसअघि तीन कम्युनिष्ट पार्टीको गठबन्धनले पनि प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी घोषणापत्र र उम्मेदवार चयनका लागि अलग अलग समिति बनाएको थियो ।
चरम ध्रुवीकृत राजनीतिकै बीच दलहरुलाई आगामी असोज २९ गतेभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारी निर्वाचन आयोगमा बुझाउनुपर्ने बाध्यता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्