११ जेष्ठ २०८२, आइतबार | Mon May 26 2025


अफगान राष्ट्रपति बन्नु संसारकै सबैभन्दा खराब कामः अशरफ घानी


0
Shares

बीबीसीसँग कुरा गर्दै उनले अफगानिस्तानमा समाधान गर्नुपर्ने जटिल प्रकृतिका मुद्दाको कुनै कमी नभएको पनि बताए ।

यसमध्ये सुरक्षा सबैभन्दा जटिल भएको अफगान राष्ट्रपतिको भनाई थियो । अफगानिस्तान १६ वर्ष यता युद्धको पीडामा छ ।

घानीले अफगानिस्तानमा तैनाथ नेटो सेना चार वर्षभित्र फिर्ता पठाउन सकिने विश्वास व्यक्त गरे ।

अफगानिस्तानमा नेटो मिसन समाप्त भएपनि अफगान सेनालाई तालिम र सहयोग गर्न भन्दै १४ हजार नेटो सेना अफगानिस्तान मै छन् ।

अहिले मुलुकको सुरक्षा जिम्मेदारी अफगान सेनाले लिए पनि तालिवानलगायत अरु विद्रोही समूहको बोलबालामा कमी आउन सकेको छैन । (एजेन्सी)