
नेपाली काँग्रेस सूर्यविनायक नगर कमिटीले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले भने, “राजनीतिमा एमाले सबैतिरबाट एक्लिंदै गयो, अनि बाध्य भएर एमाले अध्यक्ष ओलीले गठबन्धन र एकताको नाममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नयाँ शक्तिका संयोजक बाबुरामलाई फसाए ।”
वाम एकताले आत्तिनु पर्ने अवस्था नआएको र यसबाट काँग्रेस विचलित नहुने उनको भनाइ थियो ।
उनले वर्तमान सरकारले नै मंसिरको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरेर संविधान कार्यान्वयनलाई पूर्णता दिने बताए । रासस
प्रतिक्रिया दिनुहोस्