Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


तीर्थको ह्याट्रिकमा पुलिस क्वार्टरफाइनलमा


0
Shares

कैलाली, पुस २५ । नेपाल पुलिस क्लब सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार धनगढी रंगशालामा भएको खेलमा मोरङ फुटबल क्लबलाई ३–० ले हराउँदै पुलिस अन्तिम आठमा पुगेको हो ।

पुलिसको जितमा तीर्थ रानाले ह्याट्रिक गरे । खेलको सातौं, ३५औं र दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरेका हुन् ।

खेलको ‘म्यान अफ दी म्याच’ घोषित हुँदै तीर्थले १० हजार रुपैयाँ प्राप्त गरे ।

पुलिसले अब पुस २९ गते हुने क्वार्टरफाइनलमा मनाङ–मर्स्याङ्दी क्लबको सामना गर्नेछ ।

प्रतियोगिताअन्तर्गत् बिहीबार हुने खेलमा भ्याली च्यासल युवा क्लबले दिल्ली युनाइटेडसँग खेल्ने तालिका रहेको छ ।