१२ जेष्ठ २०८२, सोमबार | Mon May 26 2025


आँधीका कारण २० जनाको मृत्यु, अन्य २० जना बेपत्ता


0
Shares

आँधीका कारण कोस्टारिकामा ६, निकारागुआमा ११ र होन्डुरसमा ३ जनाको मृत्यु भएको हो । मध्य अमेरिकाको कोस्टारिका, निकारागुआ र होन्डुरस आँधीको चपेटामा परेपछि संकटकाल लागू गरिएको छ । आँधीमा २० जना हराईरहेका छन् ।

भारी बर्षा, पहिरो र बाढीका कारण त्यहाँका हजारौं जनता बिचल्लीमा परेका छन् ।

कोस्टारिकामा मात्रै ४० हजारभन्दा बढी मानिस बिजुली आपूर्ति बन्द हुँदा अँध्यारोमा बस्न बाध्य छन् । आँधीका कारण कोस्टारिकामा दर्जनौं उडान रद्द हुँदा यात्रुहरु अलपत्र परेका छन् ।

आँधीले ठाउँ ठाउँमा रुख र बिजुलीको पोल ढालेकाले यातायात सेवामा समेत कठिनाई भएको छ । आँधीले घरका टहरा उडाउनुका साथै सयौं सवारीमा क्षति पुगेको छ ।

आँधी प्रभावितका लागि सुरक्षित बासस्थानको ब्यबस्था गरिएको बताईएको छ । (एजेन्सी)