२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


ताप्लेजुङमा फेरि हिमपात


0
Shares

ताप्लेजुङ, पुस २५ । ताप्लेजुङमा फेरि हिमपात भएको छ ।

बुधबार दिउँसोदेखि सामान्य वर्षासहित जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो ।

हिमाली क्षेत्रका ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याव्ला, फलेलगायतका स्थानमा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् ।

वर्षासँगै भएको हिमपातले चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ ।

दुई साताअघि पनि सदरमुकामनजिकै पर्ने सुकेटारसम्म हिउँ परेको थियो ।