
नेपाली कांग्रेस बैतडीले आकांक्षी उम्मेदवारहरुको नामावली केन्द्रमा पठाएको छ भने नेकपा एमालले उम्मेदवारका आकांक्षीको नामावली प्रदेश संगठन कमिटीमा सिफारिस गरेको छ ।
नेकपा माओवादी केन्द्रले भने जिल्लामै सर्वसम्मतरुपमा उम्मेदवारको टुंगो लगाएको छ ।
प्रदेशसभाका लागि २ र प्रतिनिधिसभाका लागि १ क्षेत्र रहेको बैतडीमा ३ सिटका लागि कांग्रेसमा २८ जना आकांक्षी देखिएका छन् ।
प्रत्यक्षतर्फ उम्मेदवारका आकांक्षीहरुमा चतुरबहादुर चन्द, नरबहादुर चन्द, उत्तर बहादुर ऐर, विनयध्वज चन्द र दिनेशप्रसाद भट्ट रहेका छन् ।
यस्तै, प्रदेशसभा निर्वाचनमा प्रत्यक्षका लागि क्षेत्र नम्बर–१ बाट हरिमोहन भण्डारी, सुरेन्द्रसिंह ऐर, लोकराज अवस्थी, विष्णुदत्त जोशी, धनबहादुर बोहरा, दीपेन्द्रबहादुर बम, जनकबहादुर चन्द, कपिल केसी र दीपेन्द्रबहादुर चन्द रहेका छन् ।
प्रदेशसभा निर्वाचनमा प्रत्यक्षका लागि बैतडी क्षेत्र नम्बर–२ बाट देवराज जोशी, पूर्णानन्द लेखक, पुरनचन्द्र लेखक, दमनबहादुर चन्द, तेजबहादुर चन्द, जनकराज भट्ट, गजेन्द्रबहादुर चन्द, ईश्वर दत्त भट्ट, जनक भट्ट, प्रेमबहादुर चन्द, रमेश सिंह भण्डारी, शिवराज भट्ट, हर्कबहादुर चन्द र सुरेन्द्रबहादुर चन्द रहेका छन् ।
यता, नेकपा एमाले बैतडीमा पनि प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७ जना उम्मेदवारका आकांक्षी देखिएका छन ।
एमाले बैतडीले प्रतिनिधिसभाका लागि पूर्वअर्थराज्यमन्त्री दामोदर भण्डारी, पूर्वजिल्ला विकास समिति सभापति परमानन्द भट्ट र पद्मा खत्रीको नाम सिफारिस गरेका छन् ।
यस्तै, प्रदेशसभाका लागि क्षेत्र नम्बर–१ बाट सुरेन्द्र पाल र क्षेत्र नम्बर–२ बाट जिल्लासचिव लीलाधर भट्ट, महादेव भट्ट र सुशीला सिहंको नाम सिफारिस गरिएको छ ।
नेकपा माओवादी केन्द्र बैतडीले भने जिल्लाबाटै सर्वसम्मतरुपमा उम्मेदवारको टुंगो लगाएको छ ।
माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ पूर्वसभासद एवं पार्टी जिल्ला इन्चार्ज नरेन्द्र कुँवरलाई अघि सारेको छ ।
प्रदेशसभाका लागि प्रत्यक्षतर्फ क्षेत्र नम्बर–१ मा पार्टीका जिल्ला संयोजक प्रेमप्रकाश भट्ट र क्षेत्र नम्बर–२ मा गोपाल चन्दलाई उम्मेदवार बनाउने निर्णय माओवादी केन्द्रले गरेको छ ।
बैतडीमा पहिलो चरणअन्तर्गत् आगामी मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्