
शुक्रबार काठमाडौंको बुद्धनगरमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सिलवाललाई पार्टी प्रवेश गराएका हुन् ।
प्रहरी महानिरीक्षक हुने रोलक्रममा रहेका सिलवाल महानिरीक्षक हुन नपाएपछि सर्वोच्च अदालत गएका थिए । अदालतबाट पनि आफ्नो पक्षमा फैसला नभएपछि सिलवालले पदबाट राजीनामा दिएका थिए ।
एमाले प्रवेश गर्नेक्रममा सिलवालले आफूमाथि चरम राजनीति भएकाले राजनीतिमा ओर्लिएको बताए ।
सोही कार्यक्रमबाट चर्चित पपगायक सञ्जय श्रेष्ठ पनि एमालेमा प्रवेश गरेका छन् । गायक श्रेष्ठ संविधानसभाको निर्वाचनमा राप्रपा नेपालबाट उम्मेदवार बनेका थिए ।
प्रतिक्रिया दिनुहोस्