११ असार २०८२, बुधबार | Thu Jun 26 2025


कांग्रेस कन्चनपुरद्वारा २०८ जनाको नाम सिफारिस


0
Shares

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ गरी २०८ जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरिएको नेपाली कांग्रेसका जिल्ला सभापति हरिप्रसाद बोहराले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नम्बर–१ बाट दिवानसिंह विष्ट, चन्द्रबहादुुर सिंह र गोपालसिंह गुरुङको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ भने ९ जनाको नाम सिफारिस गरिएको कांग्रेस कन्चनपुरले जनाएको छ ।

त्यस्तै, प्रदेशसभा सदस्य निर्वाचनका लागि क्षेत्र नम्बर–१ बाट प्रत्यक्षतर्फ १७ जना र समानुपातिकतर्फ १५ जनाको नाम सिफारिस गरिएको छ भने प्रदेश नम्बर–२ बाट प्रत्यक्षतर्फ ८ जना र समानुपातिकतर्फ १० जनाको नाम केन्द्रमा सिफारिस गरिएको छ ।

त्यसैगरी, प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नम्बर–२ बाट नारायणप्रकाश साउद, बहादुरसिंह थापा, हरिप्रसाद बोहरा र भवानीदत्त भट्टको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ ६ जनाको नाम सिफारिस भएका छन् ।

त्यसैगरी, प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नम्बर–३ बाट रमेश लेखक, बहादुरसिंह थापा र प्रेमकुमार विष्टको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ चारजना उम्मेदवार सिफारिस गरिएको कांग्रेस कन्चनपुरले जनाएको छ । रासस