११ असार २०८२, बुधबार | Thu Jun 26 2025


इलामबाट एमालेका उम्मेदवार सिफारिस, खनाल र नेम्वाङ सर्वसम्मत


0
Shares

एमाले जिल्ला कमिटीले खनाललाई इलाम क्षेत्र नं १ र नेम्वाङलाई २ बाट सिफारिस गरेको हो । ‘खनाल र नेम्वाङ दुवै राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति भएकाले बैठकले सर्वसम्मत रूपमा उहाँहरूको नाम उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको हो,’ एमाले जिल्ला कमिटी अध्यक्ष राम रानाले भने ।

पूर्वप्रधानमन्त्री खनाल अहिले इलाम क्षेत्र नं १ र नेम्वाङ २ का सांसद हुन् ।

जिल्लामा दलहरू अहिले निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा शहरदेखि गाउँसम्म छलफलमा जुटेका छन् । जिल्लास्थित एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत दलका नेता कार्यकर्ताभित्र उम्मेदवारको नाममा छलफल चलिरहेको छ । (रासस)