काठमाडौं । ईजिप्टका फुटबल खेलाडी मोहोमद सालाह अफ्रिकी वर्ष फुटबल खेलाडी घोषित भएका छन् ।
सेनेगलमा गएराती भएको एक भव्य समारोहकाबिच सालाहले उपाधि जितेका हुन् ।
इंग्लीश फुटबल क्लब लिभरपूलबाट व्यावसायिक फुटबल खेल्दै आएका सालाह लगातार दोस्रो वर्ष अफ्रिकी वर्ष खेलाडी बनेका हुन् ।
यो क्रममा उनले लिभरपूलबाट खेल्दै आएका सेनेगलका खेलाडी सादियो माने र आर्सनलबाट खेल्दै आएका गाबोनका खेलाडी पिएरे एमरिक औबामायङ्गलाई पछि पारे ।
महिलातर्फ दक्षिण अफ्रिकाकी खेलाडी थेम्बी गात्लाना वर्ष खेलाडी बन्न सफल भइन् ।
यसैबिच यो वर्षको अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिता ईजिप्टले आयोजना गर्ने भएको छ ।
सेनेगलमा हिजै बसेको अफ्रिकी फुटबल महासंघको बैठकले इजिप्टलाई आयोजनाको जिम्मेवारी दिएको हो ।
पूर्वघोषित आयोजक क्यामरुनले निकै ढिला तयारी गरेको भन्दै महासंघले नयाँ आयोजक छानेको हो ।
आयोजक बन्ने दौडमा रहेको अर्को मुलुक दक्षिण अफ्रिकाले एक भोट पाउँदा ईजिप्टको पक्षमा १६ भोट परेको छ ।
१७ सदस्यीय कार्यसमितिमा भएको भोटिङमा एक जना अनुपस्थित रहे ।








प्रतिक्रिया दिनुहोस्