११ असार २०८२, बुधबार | Wed Jun 25 2025


एमाले जाजरकोटद्वारा मतदानबाट उम्मेदवार छनोट


0
Shares

करिब एक हप्तादेखि चलेको जिल्ला कमिटी बैठकबाट निर्णय हुन नसकेपछि उम्मेदवार सिफारिस गर्न मतदान प्रक्रिया अपनाइएको एमाले जाजरकोटका सचिव चन्द्रप्रकाश घर्तीले बताए ।

उनकाअनुसार संघीय संसदका लागि केन्द्रीय सदस्य भैरवसुन्दर श्रेष्ठ र पूर्वसांसद गोविन्दविक्रम शाहको नाम सर्वसम्मतिले टुंगिएको हो ।

प्रदेशका लागि पनि दर्जनभन्दा बढी नेताले इच्छा देखाएपछि मतदानबाट निर्णयमा पुग्नुपरेको एमाले जाजरकोटका अध्यक्ष करवीर शाहीले बताए ।

बिहीबार सम्पन्न मतदानबाट प्रदेशसभाअन्तर्गत् क्षेत्र नम्बर–१ मा कमानबहादुर खड्का र निरज आचार्य तथा महिलातर्फ रीता रावलको नाम छानिएको उनले बताए ।

क्षेत्र नम्बर–२ बाट करवीर शाही, कृष्णबहादुर बिसी र रत्नप्रसाद न्यौपानेको नाम सर्वसम्मतरुपमा टुंगिएको छ ।

क्षेत्र नम्बर–१ का उम्मेदवारको टुंगो लगाउन एमालेको प्रदेश तथा जिल्ला समन्वय समितिका सदस्यहरुले मतदान गरेका थिए ।

नेकपा माओवादी केन्द्र र एमालेबीच चुनावी तालमेलका लागि केन्द्रमा सहमति भएपछि हौसिएका एमाले नेताहरु टिकटका लागि आफ्नो–आफ्नो पक्षको लविङमा लागेका छन् । रासस