११ असार २०८२, बुधबार | Wed Jun 25 2025


निर्वाचनको पवित्रतामा प्रदूषण हुन नदिने अठोट


0
Shares

प्रतिनिधि सभा र प्रदेश सभामा खटिने निर्वाचन अधिकृतका लागि आयोजित प्रशिक्षणमा निर्वाचन आयुक्त ईला शर्माले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय ढंगले सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने बताइन् ।

उनले निर्वाचनमा खटिने अधिकृतलाई आफ्नो जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गर्न आग्रह गरिन् ।

दुई दिनसम्म चल्ने प्रशिक्षणमा निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकारबारे प्रशिक्षण दिइनेछ ।

आयोगले प्रमुख निर्वाचन अधिकृतहरुका लागि भने आगामी २७ गते धुलिखेलमा प्रशिक्षण दिँदै छ ।