
लगातार ओरालो लागेर ५० अंकले झरेर १४ सय ९२ विन्दुमा आइसकेको नेप्से अपरान्हपछि केही सच्चिदै ३२ अंकले ऋणात्मक रहन गएको हो ।
पछिल्लो समयको राजनीतिक प्रभाव पूँजी बजारमा परेको विश्लेषण गरिएको छ ।
कारोबार भएका सबै समूहमा गिरावट आयो । बीमा समूहमा सबैभन्दा उच्च १ सय ९३ अंकको गिरावट आयो ।
होटल समूहमा ६६ अंक, विकास बैंक समूहमा ५३ अंक, जलविद्युत समूहमा ३७ अंक, वाणिज्य बैंक समूहमा पनि २८ अंकको गिरावट आयो ।
उत्पादनमूलक र वित्त समूहमा पनि दोहोरो अंकको कमी आयो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५२ कम्पनीको ९ लाख ७२ हजार कित्ता शेयर साढे ४१ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्