Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


आयोजक सुदूरपश्चिम–११ उद्घाटन खेलबाटै बाहिरियो


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, पुस २४ । ‘तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ ।

उद्घाटन खेलमा मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टर विजयी भयो । काँकडभिट्टाले आयोजक सुदूरपश्चिम–११ क्लबलाई पराजित गरेको हो ।

गोलरक्षक दीप कार्कीले उत्कृष्ट प्रदर्शन गरेपछि काँकडभिट्टाले जित दर्ता गराएको हो ।

खेलको निर्धारित् समय गोलरहित बराबरीमा सकिएको थियो ।

‘सडन डेथ’मा काँकडभिट्टाले बाजी मार्‍यो । काँकडभिट्टाले खेल ७–६ ले जितेको हो ।

धनगढी रंगशालामा भएको खेलमा अधिकांश समय आक्रामक रणनीतिमा खेलेको घरेलु टोलीले गोल गर्न भने सकेन । हारसँगै सुदूरपश्चिम–११ प्रतियोगिताबाट बाहिरिएको छ ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका काँकडभिट्टाका गोलरक्षक दीप कार्की ‘म्यान अफ दी म्याच’ घोषित भए ।

प्रतियोगिताअन्तर्गत् बुधबार हुने खेलमा नेपाल पुलिस क्लबले मोरङ–११ को सामना गर्नेछ ।

प्रतियोगितामा विदेशी एक टिम, आयोजक एक, ‘ए’ डिभिजन क्लबका ६ र विभिन्न जिल्लाका क्लबहरु गरी १२ टिमको सहभागिता रहेको छ ।

आगामी माघ ५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद २१ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

उत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही १५ हजार पाउने आयोजकले जनाएको छ ।

प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’लाई नगद १० हजार प्रदान गरिनेछ ।