
मंगलबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको स्थायी कमिटी बैठकले निर्वाचन परिचालनको संयोजन गर्ने जिम्मेवारी ओलीलाई दिएको हो ।
स्थायी कमिटी बैठकमा वाम गठबन्धनबीच सिटको बाँडफाँट चाँडै टुंगोमा पु¥याउने, चुनावी घोषणापत्रलगायतका विषयमा पनि छलफल भएको थियो ।
अध्यक्ष ओलीले पार्टीका स्वदेश, प्रवासमा रहेका सदस्य र भ्रातृसंगठनलाई निर्वाचनमा परिचालन गर्ने विषयमा धारणा राखेका थिए ।
बैठकपछि उपाध्यक्ष भीम रावलले यही असोज २९ गतेभित्र सबै सिटको बाँडफाँट गरी उम्मेदवारको टुंगो लगाइसक्ने जानकारी दिए ।
बैठकले निर्वाचन घोषणा भएका अवस्थामा सरकार पुनर्गठन गर्न नपाइने भन्दै त्यो बाटोमा नलाग्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।
तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न बैठकले सरकारको ध्यानाकर्षण पनि गरेको छ ।
त्यसैगरी, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको भर्त्सना गर्दै एमालेले हत्यारालाई कानुनी दायरमा ल्याउन सरकारसँग माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्