कांग्रेस सांसदले मागे गृहमन्त्रीको राजीनामा • Image Khabar Image Khabar


कांग्रेस सांसदले मागे गृहमन्त्रीको राजीनामा


Imagekhabar
२४ आश्विन २०७४, मंगलवार १७:०२

कांग्रेस सांसदले मागे गृहमन्त्रीको राजीनामा

व्यवस्थापिका–संसदको मंगलबार बसेको बैठकमा सांसदहरुले गौचनको हत्यामा संलग्नको खोजी तथा अनुसन्धानमा भइरहेको प्रगतिबारे सदनलाई जानकारी गराउनसमेत सरकारसंग माग गरे ।

बैठकमा बोल्ने सांसदहरुले राजधानीजस्तो ठाउँमा दिन–दहाडै हत्या हुनुले शान्ति–सुरक्षाको अवस्थाप्रति नागरिकले प्रश्न उठाउने अवस्था आएको भन्दै सुरक्षाको प्रत्याभूति दिलाउन सरकारको ध्यानाकर्षण गराए ।

बैठकमा बोल्दै सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले घटनाबारे अनुसन्धान फितलो भएको जिकिर गर्दै गृहमन्त्रीको राजीनामा माग गरे ।

बैठकमा बोल्ने अधिकांश सांसदहरुले गृहमन्त्री जनार्दन शर्मा स्वयं सदनमा उपस्थित भएर जानकारी गराउनुपर्ने माग गरेका थिए ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको सोमबार काठमाडौंको शान्तिनगर, खरिबोटमा अज्ञात समूहले गोली हानेर हत्या गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्