३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


वातावरणमा रसायनको बढ्दो प्रयोग रोक्न माग


0
Shares

काठमाडौं, पुस २४ । वातावरणमा रसायनको बढ्दो प्रयोग रोक्न रसायनविद्हरुले सरकारसित माग गरेका छन् ।

मंगलबार ललितपुरमा भएको एक कार्यक्रममा रसायनको अधिक प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक प्रभाव परेको भन्दै यसको प्रयोगको न्यूनीकरणमा जोड दिइएको हो ।

मर्करी अर्थात् पारो तथा पारोजन्य पदार्थहरुको निष्कासन र उत्सर्जनबाट मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पर्ने भएकाले यसलाई रोक्नुपरेको उनीहरुको भनाइ थियो ।

जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामचरित्र साहले पारो र पारोजन्य रसायनबाट विश्व नै अछुतो नरहेको भन्दै विश्वका १२८ देशले यसलाई रोक्न योजना अगाडि बढाएको बताए ।

प्रदेशस्तरीय कार्यशालामा रसायनविज्ञहरुले कार्यपत्र प्रस्तुत् गरेका छन् ।