
कन्चनपुर, पुस २४ । कन्चनपुरमा सम्बन्धविच्छेद गर्ने पुरुषको संख्या बढेको छ ।
भदौ १ गतेबाट नयाँ मुलकी संहिता लागू भएपछि सम्बन्धविच्छेदका लागि अदालत पुग्ने पुरुषको संख्या बढेको हो ।
जिल्ला अदालत कन्चनपुरको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा ४९ ओटा सम्बन्धविच्छेदका मुद्दा दायर भएका छन् । जसमध्ये पुरुषतर्फ २५ र महिलातर्फ २४ ओटा मुद्दा दायर भएका छन् ।
यस्तै, गत आर्थिक वर्षमा सम्बन्धविच्छेदका ४३ ओटा मुद्दा दायर भएको अदालतका स्रेस्तेदार हरिकृष्ण जोशीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्