
उतार–चढावबीच बजार परिसूचक नेप्से ३ अंक बढीले सकारात्मक रहेर १५ सय ५ कायम हुन पुग्यो ।
उत्पादनमूलक, वाणिज्य बैंक र वित्त समूहबाहेक अरु कारोबार भएका समूह हरियो रहेसँगै नेप्से पनि धनात्मक रहन पुगेको हो ।
बिमा समूह सबैभन्दा उच्च ६० अंकले उकालो लाग्यो । जलविद्युत् समूह पनि दोहोरो अंकले बढ्दा अरु समूह भने सामान्य अंकलेमात्र हरियो रहेका हुन् ।
उत्पादनमूलक समूह १४ अंकले ओरालो लाग्दा वाणिज्य बैंक समूह र वित्त समूह नगन्य अंकले रातो रहेका हुन् ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीका ७ लाख ५४ हजार कित्ता सेयर ३२ करोड २३ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्