११ असार २०८२, बुधबार | Wed Jun 25 2025


राप्रपा सुर्खेतले गर्‍यो उम्मेदवार सिफारिस


0
Shares

सुर्खेतको क्षेत्र नम्बर–१ प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ गुर्वाकोट नगर समितिका अध्यक्ष लक्ष्मीप्रसाद शर्मा र कर्णबहादुर शाही सिफारिसमा परेका छन् ।

समानुपातिकतर्फ केन्द्रीय सदस्य ओमबहादुर जिसी र छत्रपति थापालाई सिफारिस गरिएको छ ।

त्यसैगरी, प्रदेशसभाअन्तर्गत् क्षेत्र नम्बर–१ को (क)का लागि प्रत्यक्षतर्फ जिल्ला समिति सदस्य देवीराम चुनारा र वीरबहादुर खड्कालाई सिफारिस गरिएको छ ।

समानुपातिकतर्फ जिल्ला समिति सदस्य कलावती रेग्मी र खीमबहादुर रोकाय सिफारिसमा परेका छन् ।

क्षेत्र नम्बर–१ को (ख)का लागि प्रत्यक्षतर्फ क्षेत्र नम्बर–१ का अध्यक्ष मानबहादुर खरेल, लोकेन्द्रबहादुर शाही र जितबहादुर खड्कालाई सिफारिस गरिएको छ ।

समानुपातिकतर्फ भेरिगंगा नगर उपाध्यक्ष गोपाल हमाल, विमला थापा, चन्द्रकला बादी र प्रेमबहादुर शाहीलाई सिफारिस गरिएको छ ।

त्यसैगरी, निर्वाचन क्षेत्र नम्बर–२ प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ सूर्य खत्री, भद्रबहादुर शाही र श्याम पुरीलाई सिफारिस गरिएको छ ।

समानुपातिकतर्फ जिल्ला समिति सदस्य भरतप्रसाद ढकाल, कर्णकुमारी श्रेष्ठ, सन्तोसी शाही, टीका योगी, सीतादेवी खाण, रामबहादुर रोकायलगायत सिफारिसमा परेका छन् ।

क्षेत्र नम्बर–२ को (क)का लागि प्रत्यक्षतर्फ केन्द्रीय सदस्य तुलाराम गिरी, अशोक थापा र अञ्जु बस्याललाई सिफारिस गरिएको छ ।

समानुपातिकतर्फ मुकुन्दश्याम गिरी, मानबहादुर खड्का, जनकसिंह ठकुरी, ईश्वर श्रेष्ठ, झरसिंह सुनार र भूपेन्द्रनाथ योगी सिफारिसमा परेका छन् ।

त्यसैगरी, क्षेत्र नम्बर–२ को (ख)का लागि प्रत्यक्षतर्फ क्षेत्र नम्बर–२ का क्षेत्रीय उपाध्यक्ष लक्ष्मीबहादुर बयक क्षेत्री र समानुपातिकतर्फ जिल्ला समितिका उपाध्यक्ष गंगाराम देउवालाई सिफारिस गरिएको राप्रपा जिल्ला कार्यसमिति सुर्खेतले जनाएको छ । रासस