
बाग्लुङ । बाग्लुङको बडिगाड खोलामा बनेको तालमा जलयात्रा सञ्चालन गर्न थालिएको छ ।
चार महिनाअघि मध्यपहाडि लोकमार्गसँगै पहाड खसेर बडिगाड खोलामा बनेको तालमा जलयात्रा संचालनमा ल्याइएको हो ।
खोला थुनिएर बनेको ताल अवलोकन गर्न आउनेहरुको घुइँचो लाग्न थालेपछि जलयात्रा संचालनमा ल्याइएको हो ।
मध्य पहाडी लोकमार्गको बडिगाड गाउँपालिका भिङगिठे र ढोरपाटन नगरपालिका बुर्तिबाङको सीमानाको तुरतुरेमा गत भदौमा भीषण पहिरो खसेर ठूलो ताल बनेको थियो ।
पहिरोले थुनिएर बनेको ताल माथिबाट अहिले खोला बग्दै आएको छ । सुख्खा पहिरोका कारण झन्डै एक किलोमिटरसम्म ताल फैलिएको छ ।
डिस्पोज गरि ताल हटाउन नसक्ने भएपछि त्यतिकै अवस्थामा राखिएको र अव तालकै स्वरुपमा विकास गरिने बडिगाड ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले जानकारी दिए ।
तुरतुर ताल अवलोकन गर्न दैनिक दुई सयभन्दा बढि आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्