काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा रहेको लिभरपुल एफ.ए कप फुटबलको तेस्रो चरणबाटै बाहिरिएको छ ।
गएराति भएको खेलमा लिभरपुललाई प्रिमियरसिप प्रतिद्वन्द्वी वुल्भरह्याम्पटन वान्डरर्सले २–१ ले पराजित गर्यो ।
खेलमा वुल्भरह्याम्पटनलाई विजयी गराउन राउल जिमिनेज र रुबेन नेभेसले एक–एक गोल गरे । लिभरपुलका डिभोक ओरीगीले एक गोल फर्काए ।
जितसँगै वुल्भरह्याम्पटनले एफ.ए कपको चौथो चरणमा स्थान सुरक्षित गरेको छ ।








प्रतिक्रिया दिनुहोस्